Logo

पर्यटकीय सिजनमा बढयो उत्साह, पर्यटन व्यवसायी भन्छन-कोरोनाअघिकै अवस्थामा फर्किदैछ पर्यटन

पर्यटकीय सिजनमा बढयो उत्साह, पर्यटन व्यवसायी भन्छन-कोरोनाअघिकै अवस्थामा फर्किदैछ पर्यटन



काठमाडौं । नेपालमा अहिले यो बर्षको मुख्य पर्यटकीय सिजन चलिरहेको छ । विगत ३÷४ बर्षयता कोरोना महामारीका कारण प्रभावित भएर पुनर्उत्थानको चरणमा रहेको नेपाली पर्यटन यो सिजनसँगै कोरोनाअघिकै अवस्थामा फर्किने व्यवसायीहरुले आशा राखेका छन् । यसै सन्दर्भमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्व अध्यक्ष अच्युत गुरागाईँ अहिले पर्यटन क्षेत्रमा उत्साह छाएको बताउँछन् ।

laxmi

यसपल्ट पर्यटकीय सिजनको सुरुवातमै चिनियाँ पर्यटकहरुलगायत बढ्दा केही आशा थपिएको उनी बताउँछन् । ‘अहिले साथीहरुले होटलको रुम बुकिङ, टुर प्याकेज बुकिङ टिकट खरिदलगायतलाई आधार मान्दा अघिल्लो बर्षहरुभन्दा केहि उत्साह थपिएको हो भन्नुभएको छ,’ उनले भने, ‘अब हामी यसै बर्ष कोरोना अघिका बर्षमा जस्तो पर्यटक आउनेमा आशावादी छौं ।’

तर, नेपालले पनि पर्यटकहरुलाई सहजीकरणका लागि राजमार्गहरुको विस्तार र मर्मतका काम भने चाँडो गरिदिनुपर्ने बताएका छन् । यता होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह पनि यो बर्ष करिव–करिव कोरोनाकाल अघिकै लयमा पर्यटक भित्रिने विश्वास गर्छन् । पछिल्लो समय होटलहरुको संख्या अत्यधिक बढ्ने पर्यटन आवागमन कम भएपछि अकुपेन्सीमा केहि कमीजस्तो देखिएपनि पर्यटन आवागमन, होटल इन्क्वाइरीलगायत भने बढिरहेको उनको भनाई छ । ‘हामीले अझै पूर्वाधारको विकासमा जोड दिन सक्यौं भने पर्यटकहरुलाई आकर्षित गर्न सकिने थियो,’ उनी भन्छन्, ‘तर, यसपालि पर्यटकको आवागमनमा उत्साह थपिएको छ ।’

उनले पछिल्लो समय भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै अन्तरराष्ट्रिय चेन होटलको निर्माणमा पनि बहार आएको बताए । तर, सोहीअनुसार सडक पूर्वाधार र अन्तरराष्ट्रिय विमानस्थलहरु संचालनमा ल्याउन सकिए पर्यटकहरुलाई झन धेरै आकर्षित गर्न सकिने उनको भनाई छ ।

यता ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष खुमबहादुर सुवेदी भने कोरोनाअघिकै लयमा फर्किने अझै केहि समय लाग्ने बताउँछन् । तर, यो बर्ष अघिल्लो र गत बर्षभन्दा पर्यटक आवागमन राम्रो बढेको उनको भनाई छ । ‘केहि नहुनुभन्दा यो बर्ष गत बर्षहरुभन्दा पर्यटक आवागमन र चहलपहल राम्रै बढेको छ,’ उनले भने, ‘अझ अक्टोबरका लागि त पुरै प्याक नै र्भसकेको छ भन्दा पनि भयो ।’

यसपल्ट सिजन केहि ढिलो गरी सुरु भएकाले पनि पर्यटक आवागमन यत्ति नै भन्न सकिने अवस्था भने नरहेको उनको भनाई छ । विश्व अर्थतन्त्रमा देखिएको केहि चुनौतीका कारण पनि कोरोना अघिको लयमा नेपालको पर्यटन क्षेत्र फर्किन अझै करिव १ बर्ष कुर्नुपर्ने उनको धारणा छ । तर, धेरैजसो पर्यटन व्यवसायीहरु भने यसपल्ट अघिल्लो र गत बर्षहरुको तुलनामा पर्यटक आवागमन बढेको बताउँदै आएका छन् । होटलका कोठा बुकिङदेखि एयरलाईन्सको टिकटसम्म अत्याधिक विक्री हुनेगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL