Logo

नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण



काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १.९ प्रतिशत बढी छ छ । सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।

laxmi

एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ मा सन् २०२३ यता एसिया प्रशान्तीय क्षेत्रको अर्थतन्त्रमा सुधार हुन थालेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नीतिगत दर ०.५० प्रतिशतले समायोजन गरी ६.५ प्रतिशत कायम गरेको छ । जसले व्यावसायिक ब्याजदर न्यूनीकरणमा मद्दत पुग्नुका साथै आर्थिक गतिविधिलाई बढावा दिने एडीबीले उल्लेख गरेको छ । साथै चालु आर्थिक वर्षको औसत मुद्रास्फिति गत वर्षको ७.७ प्रतिशतको तुलनामा घटेर ६.२ प्रतिशतमा सीमित हुने उल्लेख छ ।

जबकी गत साउनमा महंगी दर ७.५२ प्रतिशतले कायम भएको थियो । सरकारले चालु आर्थिक वर्षमा महंगी दर ६.५ प्रतिशत सिमीत राख्ने लक्ष्य राखेको छ । मौद्रीक नीतिका कारण बाह्य क्षेत्रमा सुधार आएको जनाउदै एडीबीले सोही अनुसार हाल १०.३ महिनाको वस्तु तथा आयात धान्न मुलुकमा पर्याप्त विदेशी विनीमय सञ्चिति उपलब्ध रहेको उल्लेख छ ।

राष्ट्र बैंकले भने सात महिना धान्न पुग्ने सञ्चिति कायम राख्ने लक्ष्य लिएको छ । विप्रेषण आप्रवाह र उच्च आयातमा देखिएको स्थायित्वको बाबजुद प्रतिवेदनले चालु खाता घाटा भने कुल गार्हस्थ उत्पादनको १.८ प्रतिशत हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL