Logo

Global_Ime

नेपालको पर्यटन केन्द्रित नयाँ च्याटबटको सुरुवात गर्दै भाइबर, प्रयोगकर्तालाई अफरै-अफर

नेपालको पर्यटन केन्द्रित नयाँ च्याटबटको सुरुवात गर्दै भाइबर, प्रयोगकर्तालाई अफरै-अफर



काठमाडौँ । राकुटेन भाइबरले नेपालमा अन्तरिक यात्रालाई सहयोग र सशक्तीकरण गर्ने निरन्तरको प्रयास स्वरूप भाइबरले सस्तो टिकट्ससँग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको छ । यसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने कम्पनीको दाबी छ। सस्तो टिकट्स बट अगस्ट २९, २०२३ मा लन्च गर्न तय गरिएको छ ।

Laxmi_sunrise
Kumari

भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। यति मात्र होइन, यसमा अन्य अफरहरु पनि रहेका छन् ।

उडान र आवासको पूर्ण सुविधा सहित दुईजनाको लागि थाइल्याण्डको यात्राको बम्पर उपहार जित्ने अफर रहेको छ । त्यस्तै १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर रहेको छ । पोखराका उत्कृष्ट होटल र रिसोर्टहरूमा बस्ने रुम स्टेमा १५% छुटको अफर पनि रहेको छ ।

यसैगरी पाँचजना थ्रिल चाहनेहरू र हरेकका एक एक साथीले चार्टर्ड उडान मार्फत हिमाल र त्यसका सुन्दर परिदृश्यहरूको रोमाञ्चक अनुभूति लिन सक्नेछन् ।

प्रयोगकर्ताहरूले यस नयाँ बटभित्र क्विज़ खण्ड लगायत अन्य अन्तरक्रियात्मक गतिविधिहरूमा संलग्न हुन सक्छन्।

सस्तो टिकट्स का संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहाल भन्छन्, ‘राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौँ।”

राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले थप्छन्, “हाम्रो मिसन सधैँ हाम्रा प्रयोगकर्ताहरूको अनुभव बढाउनु हो र हामीले हाम्रा अघिल्ला प्रयासहरूद्वारा यसलाई प्रमाणित पनि गरेका छौँ। सस्तो टिकट्स सँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउँछ।‘

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC