Logo

Global_Ime

सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्रीको चासो : गभर्नर, सेबोन र नेप्सेका प्रमुखलाई राखेर गरे छलफल

सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्रीको चासो : गभर्नर, सेबोन र नेप्सेका प्रमुखलाई राखेर गरे छलफल



काठमाडौं । दैनिक रुपमा सेयर बजार उच्च रुपमा घट्न थालेपछि त्यसको सुधारको लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले सक्रियता बढाएका छन् । नेप्से परिसुचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताले खबौं रुपैयाँ सम्पत्ती गुमाउन पुगेपछि त्यसलाई सुधारका लागि सोसँग सम्बद्ध निकायसँग छलफल अघि बढाएका हुन् ।

Laxmi_sunrise
KBL

अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री डा। महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्णबहादुर कार्कीलाई आफ्नै कार्यकक्षमा बोलाएर सेयर बजार सुधारका विषयमा छलफल गरेका हुन् ।

आज भएको भेटघाट अनौपचारिक भएपछि पछिल्लो समय घट्दो सेयर बजारलाई उकास्ने विषयमा छलफल भएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोड रुपैयाँ सीमा कारण बजार घटेको भन्दै लगानीकर्ता आक्रोशित भैरहेको अवस्थामा के कारणले बजार घटिरहेको हो सो विषयमा सम्बद्ध निकायसँग छलफल गरेका थिए ।

यसैगरी अर्थमन्त्री डा. महतले अहिलेको अवस्थामा पुँजी बजारमा देखिएको गिरावट रोक्न संस्थागततर्फ १२ करोड रुपैयाँको सीमा खुला गर्नुपर्ने गभर्नर अधिकारीसमक्ष बताएका थिए । अहिलेको अवस्थामा संस्थागततर्फको सेयर धितो कर्जाको सीमा पुरै खुला गर्ने र व्यक्तिगतफर्त १२ करोड रुपैयाँको सीमालाई बढाएर २५ करोड रुपैयाँसम्म पुर्याउने विषयमा छलफल भएको समत सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL