Logo

काठमाडौं महानगरपालिकाले मिठाई पसललाई तिरायो २ लाख जरिवाना

काठमाडौं महानगरपालिकाले मिठाई पसललाई तिरायो २ लाख जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले एक मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । बजार अनुगमनको क्रममा काठमाडौं महानगर १७ मा रहेको टिपटप समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको हो ।

laxmi

पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएको थियो । पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश दिएको उनले बताए ।

दूधबरी निर्माण भएकै लटमा बनेको सबै परिकार बजारबाट फिर्ता ल्याएर नष्ट गर्न पसलका सञ्चालक दिपकराज थपलियालाई निर्देशन दिने काम पनि महानगरपालिकाले गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL