Logo

म्युचअल फण्डलाई आरक्षण दिदाको विकृति, कारोबार खुलेको दिन रिलायबल लाईफको साढे २४ करोडको सेयर बिक्री

म्युचअल फण्डलाई आरक्षण दिदाको विकृति, कारोबार खुलेको दिन रिलायबल लाईफको साढे २४ करोडको सेयर बिक्री



काडमाडौं । आइतबार रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार उच्च देखिएको छ । सर्वसाधारण लगानीकर्ताले आईपीओेमा १० कित्ता सेयर पाएपनि कारोबार खुलेकै दिन उच्च कारोबार भएको छ ।

laxmi

घट्दो बजारमा आईपीओमा म्युचुअल फण्डले पाएको कोटाको सेयर बिक्री गरेर बाहिरिन थालेपछि सो कम्पनीको सेयर कारोबार उच्च भएको हो ।
कारोबारमा आएको पहिलो दिनको सुरुवातमा यस कम्पनीको सेयर मूल्य केहि घटेको थियो । कारोबारको अन्त्यमा भने कम्पनीको सेयर मूल्य १।७३ प्रतिशतले बढेको छ ।

पुँजी बजारलाई बलियो बनाउन म्युचुअल फण्डको अबधारणा र आईपीओमा कोटा छुट्याएको थियो । तर म्युचुअल फण्डले आफुसँग भएको सेयर कारोबार खुलेकै दिन किनबेच गर्दा बजारमा झन नकारात्मक असर परेको हो ।

रिलायवलको कम्पनीको आज २४ करोड ५२ लाख ९३ हजार रुपैयाँ बराबरको ४ लाख ८६ हजार ९ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।

आइतबार समग्र सेयर बजार मापन नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा झरेको छ । आइतबार २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको ११ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । बाँकी २ सय १३ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएको एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL