Logo

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्न भएको छ । आईपीओ जारी गर्नको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

laxmi

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा १ सय ८ रुपैयाँ प्रिमियम थपेर २ सय ८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको छ ।

बोर्डले अनुमति दिएमा कम्पनीले ३ करोड कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गरेर ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउने तयारी गरेको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि ७ अर्ब रुपैयाँ रहेको छ। प्रिमियममा आइपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजि १० अर्ब रुपैयाँ पुग्नेछ भने ३ अर्ब २४ करोड रुपैयाँ कोषमा संञित रह्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL