काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्ब २० करोड रकम अपचलन भएको निष्कर्ष निकालेको छ ।
सीआईबीले सो बैकको सम्बन्धमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय, बाँकेमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सीआईबीले कर्णाली डेभलपमेन्ट बैंक घोटलामा १ सय ८ जनालाई मुद्दा चलाउन राय दिएको छ । सीआईबीले सो मुद्दामा ३ जना सञ्चालक समितिका अध्यक्षहरू, ८ जना पदाधिकारी, ४ जना शेयर धनी र ४० जना ऋणीलाई प्रतिवादी बनाएको छ ।