Logo

सुनमा ६ सय घट्यो, प्रतितोला ५१ हजार ४ सय, चाँदी ६ सय ९०

सुनमा ६ सय घट्यो, प्रतितोला ५१ हजार ४ सय, चाँदी ६ सय ९०


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
पुस ८, काठमाडौं ।  आज मंगलबार सुनको भाउ प्रति तोलामा ६ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको प्रतितोला ५१ हजार चारसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Gold_Shotगएको हप्ता विहीबारदेखि सोमबारसम्म ५२ हजार रुपैयामा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपालमा पनि त्यसको असर देखिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस एकहजार एकसय ७९ डलरमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको भाउ १० रुपैयाँ घटेको छ । मंगलबार चाँदी ६ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । अहिले सुनको कारोबारमा उतारचढाव आएकोले दैनिक करिब १५ किलोको दरले व्यापार भइरहेको महासंघले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL