Logo

एनआरएनएको लगानीमा २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना बन्ने, पीपीए सम्पन्न

एनआरएनएको लगानीमा २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना बन्ने, पीपीए सम्पन्न



काठमाडौँ । रुकुम पश्चिममा निर्माण हुने २०।७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) मंगलवार सम्पन्न भएको छ ।आयोजनाको प्रवर्द्धक सांग्रिला हाईड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणबीच मंगलवार ६ महिना हिउँद र ६ महिना बर्षायाम हुनेगरी टेक अर पे मोडलमा पीपीए हस्ताक्षर भएको हो । आयोजनाले उत्पादन गरेको विद्युत हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ ।

laxmi

आयोजनाका तर्फबाट सांग्रिला हाईड्रोपावर प्रालीका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक प्रदिप कुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन । सांग्रिला हाईड्रोपावर प्रालीमा मलेसियामा बसेर बिभिन्न क्षेत्रमा व्यवसाय गरेका सफल ब्यावसायी गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसि सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र संचालकहरुमा एनआरएनए आईसिसि उपाध्यक्ष एबं सफल ब्यावसायी आरके शर्मा, एनआरएनए युवा उपाध्यक्ष एबं कतारका सफल युवा ब्यावसायी राज रेग्मी, युवा ब्यावसायी नविन कँडेल, युवा ब्यावसायी रविन गुरुङ र ब्यबसायी सरोज धिताल रहेका छन ।

यो हाईड्रोलाई चुस्त र बलियो टिमसहित समयमा काम सम्पन्न गर्ने अध्यक्ष न्यौपानेले बताए । उक्त हाईड्रोपावरमा ठुलो लगानी एनआरएनएहरुको रहनेछ भने नेपालमा रहेर बिभिन्न क्षेत्रमा अब्बलता कमाएका ब्याबसायीहरुको पनि लगानी रहने अध्यक्ष न्यौपानेले बताए ।

उक्त हाईड्रोको प्रमुख लगानीकर्ताहरूमा एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपाने, एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा ,एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी युवा ब्यावसायी रविन गुरुङ सहित रहनेछन ।

रुकुमपश्चिम आठविसकोट नगरपालिका वार्ड नम्वर ३ र ४ मा निर्माण हुने आयोजना जल्दीगाड खोलामा निर्माण हुनेछ । ४२२ मिटर हेड रहेको आयोजनाको डिजाइन क्यु ४२।५ रहेको छ । आयोजनामा २ हजार ५०० मिटर सुरुङमार्ग र ३५०० मिटर पेनस्टक पाइप प्रयोग गर्ने गरि बन्नेछ ।
आयोजनाले विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेशनसम्म १३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४०० केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेशनमा जोडिनेछ । आयोजना सम्म जाने पहुँचमार्ग खुलिसकेको र स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ ।

यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको जल्दीगाड हाइड्रोका अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८५ मंसिरभित्र रहेको छ । आयोजनाबाट वार्षिक रुपमा १२७।२९ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL