Logo

नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन, अध्यक्ष मल्लले गरे उद्घाटन

नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन, अध्यक्ष मल्लले गरे उद्घाटन



काठमाडौँ । नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान् चाड तीजलाई लक्षित गरी ‘ट्रेड शो तीज स्पेशल २०२३’ को उद्घाटन भएको हो ।

laxmi

मेलाको उद्घाटन गर्दै मल्लले यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने मल्लको भनाई छ ।

सो अवसरमा लोकप्रिय गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारीलगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठको उपस्थिति थियो । नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले एक दिने मेलामा २५ जना महिला उद्यमीहरू सहभागिता रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL