Logo

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्यो

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्यो



काठमाडौं । हङकङबाट ल्याइएको सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

laxmi

गएको साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ । यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएको छ ।

सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङ्कङ गएका छन् । उनीहरुले अहिले पनि तस्करीका सूचना संकलन जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL