Logo

सरकारले निजी क्षेत्रका सुझावलाई कार्यान्वयन नगर्दा अहिलेको अवस्था निम्तियो : महासंघ अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रका सुझावलाई कार्यान्वयन नगर्दा अहिलेको अवस्था निम्तियो : महासंघ अध्यक्ष ढकाल


Bizkhabar
81
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रलाई गुनासो पोख्ने क्षेत्रका रूपमा हेर्ने गरेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) को साधारणसभामा बोल्दै उनले निजी क्षेत्रलाई सरकारले हेर्ने नजर फरक रहेको बताएका हुन ।

laxmi

कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले माग्ने मात्रै गर्छ भन्ने भाष्य पछिल्लो समय निर्माण भएको बताए । ‘वास्तवमा निजी क्षेत्रले सुझाव दिने हो’, उनले भने, ‘यो सुझावलाई आफ्नो फेवरमा मात्रै माग्ने गरेको देखिन्छ । यसले निजी क्षेत्रलाई सरकारले हेर्ने हेर्ने नजर फरक पारेको छ ।’यस्तै उनले निजी क्षेत्रका सुझावलाई कार्यान्वयन नगर्दा यो अवस्था आएको पनि बताएका छन् ।

पछिल्लो समय बजारमा मागमा गिरावट आउदा सबै क्षेत्रको कन्फिडेन्स घटेको बताउँदै उनले अब यो कन्फिडेन्स बढाउने गरी सरकारले नीति बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL