Logo

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम, चाँदीको सामान्य घट्यो

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम, चाँदीको सामान्य घट्यो



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० कायम छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL