Logo

निगमको जहाजले भैरहवा विमानस्थलबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने, यस्तो छ उडान तालिका

निगमको जहाजले भैरहवा विमानस्थलबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने, यस्तो छ उडान तालिका



काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले आईतबार एक विज्ञप्ति जारी गर्दै मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो ।

laxmi

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले वताएको छ ।

उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने भएको छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL