Logo

भुटानी शरणार्थी प्रकरण : सत्ता गठबन्धनका ठुला नेता तानिने भएपछि प्रधानमन्त्रीले गरे एआईजी ज्ञवालीको सरूवा

भुटानी शरणार्थी प्रकरण : सत्ता गठबन्धनका ठुला नेता तानिने भएपछि प्रधानमन्त्रीले गरे एआईजी ज्ञवालीको सरूवा



काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको छ।

laxmi

उनको स्थानमा प्रशासनका दीपक थापालाई ल्याइएको छ। प्रधानमन्त्रीले आफू अनुकुल मिलाएर सरुवा गरेका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा तदारूकता देखाएर अनुसन्धान अगाडी बढाइरहेका ज्ञवालीले दोस्रो चरणको अनुसन्धान सुरू गरेका थिए।

उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएको स्रोतले जनायो । दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् । स्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ ।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ । यस प्रकरणका थप पीडितहरूको उजुरी लिएर अनुसन्धान गर्न थालेपछि ज्ञवालीको सरूवा गराउनका राजनितिक वृतबाटै चलखेल सुरू भएको थियो। उनको सरूवा गराउन प्रधानमन्त्री दाहाललाइ दबाब दिइएको बुझिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो।

त्यस्तै मानवस्रोतका सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। टेकप्रसाद राइलाई मानवस्रोत विभागमा ल्याइएको छ। राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई असन्तुष्टि जनाएपनि सरकारको तजविजीमा उनको गुनासो सुनवाइ भएन। त्यस्तै एआईजी मिरा चौधरीलाई प्रशासनमा सरुवा गरिएको छ।

यसैबीच काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ । स्रोतका अनुसार काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL