Logo

बैंकको ब्याज आम्दानीमा रमाउँदै टेलिकम : ग्राहक आम्दानी एक अर्बले घट्यो, नाफामा पनि उच्च गिरावट

बैंकको ब्याज आम्दानीमा रमाउँदै टेलिकम : ग्राहक आम्दानी एक अर्बले घट्यो, नाफामा पनि उच्च गिरावट



काठमाडौं । गुणस्तरमा सुधार ल्याउन नसक्दा नेपाल टेलिकमको ग्राहक आम्दानीमा उल्लेखनीय गिरावट आएको छ । ग्राहक र सेवा विस्तारका आधारमा टेलिकम नेपालको ठुलो दूरसंचार सेवाप्रदायक कम्पनी भएपनि पछिल्लो समय गुणस्तरमा सुधार ल्याउन नसक्दा ग्राहकबाट हुने आम्दानी खस्किएको टेलिकमले सार्वजनिक गरेको अपरिस्कृति वित्तीय विवरणले देखाएको छ ।

laxmi

पछिल्लो समय टेलिकमले ग्राहकबाट हुने आम्दानी भन्दा पनि बैंकमा राखेको पैसाबाट आएको ब्याज आम्दानीले उसको नाफा टिकाइरहेको उक्त तथ्यांकले देखाएको छ ।

तथांक अनुसार कम्पनीको गत आर्थिक बर्ष मात्रै ब्याजमार्फत हुने आम्दानी ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको हो । यो अघिल्लो आबको तुलनमा १ अर्ब ८५ करोड ७७ लाख रुपैयाँले बढी हो । तर यसै अवधिमा कम्पनीको ग्राहक आम्दानीमा भने १ अर्ब ११ करोड ६१ लाख रुपैयाँको गिरावट आएको छ । कम्पनीले अघिल्लो बर्ष ३७ अर्ब ९१ करोड पुर्याएको ग्राहक आम्दानी गत बर्ष घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको हो ।

टेलिकमले गत आर्थिक बर्षभरी ग्राहकबाट भएको आम्दानी, वित्तीय आम्दानी र अन्य आम्दानी गरेर ४४ अर्ब ८६ करोड ४२ लाख रुपैंया कुल आम्दानी गरेको हो । यो कुल आम्दानी अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा भने करिव ४३ करोड रुपैयाँले बढी हो ।

तर कम्पनीको कुल आम्दानी बढेपनि पनि नाफामा भने ६७ करोड रुपैयाँको गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष ८ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको खुद नाफा गत आवमा घटेर ७ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको हो । टेलिकमको खुद मुनाफा र बैंकमा मुद्दती निक्षेमा राखेको ब्याजको आम्दानी बराबर नै रहेको छ ।

यदि टेलिकमले बैंकमा मुद्दती निक्षेमा पैसा राखेर ब्याज आम्दानी गर्न नपाउने हो भने उसको आम्दानी सुन्य जस्तै हुने छ । पछिल्लो समय तरलतामा अभावका कारण बैंकहरुले मुद्दती निक्षेपमा बढी ब्याज दिँदा टेलिकमको नाफामा सुधार आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL