Logo

सगरमाथा आरोहण शुल्क वृद्धिको तयारीमा सरकार, विदेशीले प्रतिव्यक्ति १५ हजार डलर तिर्नुपर्ने

सगरमाथा आरोहण शुल्क वृद्धिको तयारीमा सरकार, विदेशीले प्रतिव्यक्ति १५ हजार डलर तिर्नुपर्ने



काठमाडौं । नेपाल सरकारले सन् २०२५ देखि रोयल्टी शुल्क बढाउने निर्णय भएको छ । सरकारले सन् २०२५ देखि सगरमाथा आरोहणको अनुमति प्राप्त गरेबापतको रोयल्टी शुल्क ४ हजार अमेरिकी डलरले बढाएर १५ हजार अमेरिकी डलर (१२ लाख ४७ हजार रुपैयाँ) पु¥याउने विषयमा विचार गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

laxmi

हाल ८ हजार ८ सय ४८ दशमलव ८६ मिटरको अग्लो हिमाल आरोहण गर्न चाहने विदेशी आरोहीले ११ हजार अमेरिकी डलर (९ लाख १४ हजार रुपैयाँ) रोयल्टी शुल्क तिर्नुपर्छ । नेपाली आरोहीले ७५ हजार रुपैयाँ (नेपाली रुपैयाँ) तिर्नुपर्छ । सरकारले पछिल्लो पटक सन् २०१५ जनवरीमा रोयल्टी शुल्क परिमार्जन गरेको थियो । पर्यटन विभागले सन् २०२५ देखि सगरमाथा आरोहण गर्न इच्छुक विदेशी नागरिकलाई १५ हजार अमेरिकी डलरको नयाँ रोयल्टी शुल्क प्रस्ताव गरेको हो । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि नयाँ शुल्क लागु हुनेछ ।

हालको शुल्क संरचनाले कुनै पनि विदेशी पर्वतारोहीलाई अमेरिकी डलर ११,००० तिरेर साउथ फेस (नेपाल साइड)बाट सगरमाथा आरोहण गर्न अनुमति मिल्नेछ । सन २०१५ अघि समूहमा प्रति व्यक्ति १० हजार डलर शुल्क थियो । यद्यपि, समूह प्रावधान पछि हटाइएको थियो र प्रति विदेशी पर्वतारोही ११ हजारको फ्ल्याट शुल्क लागू गरिएको थियो ।

सगरमाथा विश्वको सबैभन्दा कठिन हिमाल मध्ये एक हो । ठाडो आरोहण भएकाले यसलाई चढ्न निकै कठिन छ । यससँगै यहाँको तापक्रम अप्रत्याशित छ । सगरमाथा आरोहणका लागि मानसिक र शारीरिक दुवै रूपमा तयार हुनुपर्छ । जब कोही सगरमाथा आरोहणको लागि इच्छु हुन्छ उसले विभिन्न तालिम तथा प्रत्रmिया पूरा गर्नुपर्छ । सगरमाथामा कम अक्सिजन हुने भएकाले आरोहीलाई बिरामी बनाउन सक्छ । यससँगै सगरमाथामा जुनसुकै बेला अचानक भयानक आँधी आउन सक्छ । सगरमाथा आरोहण धेरै हप्ताको प्रक्रिया हो, जसका लागि ठूलो भारी पनि बोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL