Logo

राष्ट्र बैंकको टक्सार महाशाखामा तस्करीको एक क्विन्टल सुन गाल्ने प्रक्रिया शुरु, दुई दिनमा सकिने

राष्ट्र बैंकको टक्सार महाशाखामा तस्करीको एक क्विन्टल सुन गाल्ने प्रक्रिया शुरु, दुई दिनमा सकिने



काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि सुनको मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु गरेको छ ।महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन  छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिए ।

laxmi

सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनकाे भनाइ छ । उन\ले सबै सरोकारवाला प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो । सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL