Logo

अर्थमन्त्रीले खुवाए सञ्चयकोषका अध्यक्ष शर्मालाई शपथ, कोष संचालनमा लागि छुट्टै नीति ल्याउन निर्देशन

अर्थमन्त्रीले खुवाए सञ्चयकोषका अध्यक्ष शर्मालाई शपथ, कोष संचालनमा लागि छुट्टै नीति ल्याउन निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिखजबर संवाददाता

७ पुस, काठमाडौं । अर्थमन्त्रीले अर्थमन्त्री डा. रामशरण महतले कर्मचारी सञ्चयकोषका अध्यक्ष सुमनप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।  सोमबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सो अवसरमा अर्थमन्त्री डा महतले सञ्चयकोष स्रोत परिचालनको क्षेत्रमा महत्वपूर्ण संस्थाको रुपमा स्थापित भैसकेकोले सञ्चयकर्ताहरुको रकमको सुरक्षा र प्रतिफलको दिगोपन दुवै पक्षमा थप  जिम्मेवारीका साथ अगाडि बढ्नु पर्ने बताए ।

fm

सञ्चयकोषमा अहिले सञ्चयकर्ताहरुको करिब १ सय ७० अर्ब जम्मा भैसकेको र नयाँ ऐनले यस संस्थाको अधिकारक्षेत्र पनि बढाएको उहाँले बताए । ‘अहिले सञ्चयकोषलाई अर्थमन्त्रालयले रेखदेख गर्दै आएपनि नियमन गर्ने उपयुक्त निकाय भने मन्त्रालय होइन,’ उनले भने, ‘यसका लागि अन्य मुलुकहरुमा अभ्यास भैरहेका नीति नियमन तथा प्रणालीको अध्ययनका आधारमा नेपालका लागि उपयुक्त र व्यवहारिक कानुन ल्याउनु पर्छ ।’

अध्यक्ष शर्माले भने देशभरका सञ्चयकर्ताहरुको संरक्षकका हिसावले उनीहरुको रकमको उच्चतम प्रतिफल प्राप्ति र दिगोपन हुने हिसावले काम गर्ने बताए ।

त्यसैगरी  सञ्चयकोषका प्रशासक कृष्ण आचार्यले ठूलो मात्रामा सञ्चयकर्ताहरुको रकम संकलन भैरहेको, संगठित क्षेत्रका अतिरिक्त अनौपचारिक क्षेत्रतिर पनि दायरा बढाएर काम गर्न थालिएको जनकारी दिए । साथै, सञ्चितकोषलाई तरलता र प्रतिफलको व्यवस्थापनका दृष्टिले उचित ढंगले व्यवस्थापन गर्ने गरिएको समेत उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL