Logo

बढ्दो ब्याजदर र खराब कर्जाप्रति अर्थमन्त्रीकाे चिन्ता : छलफलमा बोलाए बैंकका सीईओ र गभर्नर, घट्ला त कर्जाको ब्याज ?

बढ्दो ब्याजदर र खराब कर्जाप्रति अर्थमन्त्रीकाे चिन्ता : छलफलमा बोलाए बैंकका सीईओ र गभर्नर, घट्ला त कर्जाको ब्याज ?



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर र वाणिज्य बैंकका सीइओबीच छलफल गर्ने भएका छन् । पछिल्लो समयको बढ्दो ब्याजदर तथा खराब कर्जाको विषयमा छलफल गर्न अर्थमन्त्री महतले बैंकर र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको टोलीलाई आइर्तबार आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।

laxmi

छलफलको लागि अर्थमन्त्री डा. महतले आइतबार साढे ५ बजे गभर्नर र सम्पूर्ण वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई अर्थमन्त्रालयमा बोलाएका हुन । मन्त्रालयमा डाकिएको सो बैठकमा अहिलेको अर्थतन्त्रमा देखिएको समस्या, ब्याजदर, बढ्दो खराब कर्जा लगायतको विषयमा छलफल हुने अर्थमन्त्रालयका एक अधिकारीले बताए ।

पछिल्लो समय बैंकमा उच्च लगानीयोग्य पुँजी भएपनि कर्जाको ब्याज नघटेपछि सो विषयमा छलफल गर्न बैंठक डाकिएको अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL