Logo

के पाकिस्तानले पनि भारतले जस्तै नोटबन्दी गर्ला ? यसकारण हुँदैछ विमुद्रीकरणको वकालत

के पाकिस्तानले पनि भारतले जस्तै नोटबन्दी गर्ला ? यसकारण हुँदैछ विमुद्रीकरणको वकालत



काठमाडौं । गरिबीको चुचुरोमा उभिएको पाकिस्तान अहिले कालो धन (ब्ल्याक मनी) बाट त्रसित छ । पाकिस्तानमा कालो धन यति बढेको छ कि यसलाई रोक्न सरकारलाई असम्भव भएको छ । कालो धनले पाकिस्तानमा समानान्तर अर्थतन्त्र सिर्जना गरेको छ । जसका कारण पाकिस्तानमा मुद्रास्फीति पनि चरम सीमामा पुगेको छ ।

laxmi

सरकारमा संलग्न धेरै राजनीतिज्ञ, उच्च पदस्थ कर्मचारी, सेनाका जनरल, प्रहरी अधिकृतको आम्दानीभन्दा धेरै गुणा बढी सम्पत्ति छ । यस्तो अवस्थामा पाकिस्तानमा कालो धनविरुद्ध सरकारी छापा मार्ने काम पनि हुन सकेको छैन । कडा कारबाही गर्ने हो भने सरकार आफै ढल्ने खतरा रहन्छ । यस्तो अवस्थामा कालो धनको विरुद्धमा कुनै पनि दलका नेता बोल्न तयार छैनन् ।

पाकिस्तानमा विमुद्रीकरणको वकालत

पाकिस्तानमा कालो धन रोक्न भारतले जस्तै नोटबन्दी (विमुद्रीकरण) को वकालत भइरहेको छ । पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्यूनले भारतले ठूला नोटलाई नोटबन्दी गरेर उदाहरण बसाएको लेखेको छ । यसले सुरुमा अर्थव्यवस्था र दैनिक हातमुख जोडन सघर्ष गर्नेहरुका लागि चुनौतीहरू खडा गर्यो, तर पछि आर्थिक वृद्धिलाई प्रोत्साहन दियो, मुद्रास्फीति र ब्याज दरहरू नियन्त्रणमा राख्यो । पाकिस्तानमा ५,००० रुपैयाँको नोटलाई चरणबद्ध रूपमा हटाउन सकिन्छ, जसले नगद जम्मा गर्नबाट रोक्न मद्दत गर्छ भन्ने चर्चा चलिरहेको छ । यस विषयमा पाकिस्तानी अधिकारीहरूले अहिलेसम्म उदासीनता देखाउँदै आएका छन् ।

पाकिस्तानमा ५ हजारको नोट

दक्षिण एसियाली मुलुकमध्ये पाकिस्तानमा मात्रै ५ हजार रुपैयाँको नोट प्रचलनमा छ । यति ठूलो मूल्यको नोट एशियाको अन्य कुनै देशमा छैन । धेरै जसो रिपोर्टहरूले दावी गर्छन् कि यति ठूलो मूल्यका नोटहरू नगद जम्मा गर्ने प्रमुख कारक हुन् । पाकिस्तानमा आर्थिक संकट भएता पनि पछिल्लो एक वर्षमा नगद प्रवाहमा उल्लेख्य वृद्धि भएको छ । भौतिक नगदले पाकिस्तानमा प्रणालीमा रहेको कुल पैसाको करिब २९ प्रतिशत हिस्सा ओगटेको छ ।

पाकिस्तानको जीडीपीमा कालो धनको ४० प्रतिशत

पाकिस्तानमा कालो धनको अर्थतन्त्र ३४१.५ बिलियन डलर रहेको अनुमान गरिएको छ । बजार अनुसन्धान फर्म आईपीएसओएसका अनुसार पाकिस्तानको छाया अर्थतन्त्रको जीडीपीमा योगदान करिब ४० प्रतिशत छ । यसबाहेक पाकिस्तानको जीडीपीको ६ प्रतिशत प्रत्येक वर्ष चोरी हुने गरेको पनि बताइएको छ । यसको मतलब ठूलो मात्रामा पैसा बेहिसाबमा गइरहेको छ र सरकारसँग यसको कुनै हिसाब छैन । पाकिस्तान आर्थिक संकटबाट गुज्रिरहेको बेला यस्तो भएको हो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL