Logo

ललिता निवास जग्गा प्रकरण : चार जना विरुद्ध पक्राउ पुर्जी जारी, सबै पूर्व मन्त्री

ललिता निवास जग्गा प्रकरण : चार जना विरुद्ध पक्राउ पुर्जी जारी, सबै पूर्व मन्त्री



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उक्त जग्गा हिनामिनामा नीतिगत निर्णयगरि सहयोग पुर्याएको भन्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र पूर्व राज्यमन्त्री सञ्जयकुमार शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

laxmi

हालसम्म उक्त प्रकरणमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा पूर्व मन्त्री तथा सरकारका पदाधिकारीहरुमाथी पनि अनुसन्धान गर्न अदालतले बाटो खोलेपछि उनिहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । हाल यो प्रकरणमा २० जना आरोपीहरू सिआइबीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL