Logo

२५ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा : एक वर्षमै कमाए ७० अर्ब, नबिललाई पच्छ्याउँदै ग्लोबल (सूचीसहित)

२५ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा : एक वर्षमै कमाए ७० अर्ब, नबिललाई पच्छ्याउँदै ग्लोबल (सूचीसहित)



काठमाडौं । गत आर्थिक वर्ष २०७९–०८० को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अबधिमा वाणिज्य बैंकहरुले कुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

laxmi

गत आबमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । सो अवधिसम्म नबिलले ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा पनि नबिलले सबैभन्दा धेरै धेरै नाफा कमाएको थियो । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आबमा ७६.८६ प्रतिशतले नाफा बढाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकको नाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ बराबर रहेको थियो ।

यसैगरी, सबैभन्दा बढी नाफा आर्जन गर्नेको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले गत अबमा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा १ वर्षको अवधिमा ४६.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब ९५ करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा दुई बैंकको नाफामा गिरावट आएको छ । सो अबधिमा कुमारी बैंक र प्राईम कमर्सियल बैंकको नाफा घटको छ । प्राईमको नाफा १८.८१ प्रतिशतले घटेर २ अर्ब २४ करोड रुपैयाँमा झरेको छ भने कुमारी बैंकको नाफा २४।१४ प्रतिशतले घटेर १ अर्ब ९५ करोड रुपैयाँमा झरेको बैंकहरुले सार्वजनिक गरेको अपिस्कृत वित्तीय विवरणले देखाउँछ ।

कुन बैंकको नाफा कति ?

प्रतिक्रिया दिनुहोस्
MBL