Logo

ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता, ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्ने

ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता, ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्ने



काठमाडौं । ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

laxmi

ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो सेबोनबाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक कम्पनी हो । कम्पनीले विभिन्न आकार र फोकसको धेरै कोषहरु चलाउँदैछ । उर्जा डेभलपर्स एक नवीकरणीय ऊर्जा क्षेत्रको लागि एक समग्र समाधान प्रदायक कम्पनी हो जसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्यूट्रल ऊर्जाको उत्पादन गर्ने परिकल्पना राखेको छ ।

ऊर्जा इम्प्याक्ट फण्ड नेपालमा हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनाहरु मा लगानी गर्नको लागी एक विशेष उद्देश्य कोष हो । यो एक हरित ऊर्जा केन्द्रित कोष हो जसले मुख्यतया जलविद्युत परियोजनाहरु, सौर्य परियोजनाहरू, र अफ ग्रिड सौर्य परियोजनाहरू (रुफटप सोलार प्लान्टहरू) मा लगानी गर्नेछ ।

ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्स, उर्जा इम्प्याक्ट फण्डको संयुक्त कोष प्रबन्धक हुन् जसले स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताहरु, विकास वित्त संस्थाजस्ता बहुपक्षीय वित्तीय संस्थाहरू मार्फत कोष उठाउने बताईएको छ ।

‘नवीकरणीय ऊर्जा विकास नेपालको लागि स्वच्छ ऊर्जामा रूपान्तरण र महत्वपूर्ण जलवायु लक्ष्यहरू पूरा गर्नका लागि आर्थिक र सामाजिक विकासलाई सशक्त बनाउन सर्वोपरी छ’, ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापा भन्छन् ।

उर्जा डेभलपर्ससँग ग्लोबल इक्विटी फण्डको साझेदारीले स्वच्छ बिजुली ल्याउने परियोजनाहरूको वित्तपोषणलाई उत्प्रेरित गर्न र निम्न समुदायहरुको आर्थिक विकास र दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्न अति आवश्यक पूँजी उपलब्ध गराएर नेपालको स्वच्छ ऊर्जा रूपान्तरण का अवरोधहरू समाधान गर्ने लक्ष्य राखेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL