Logo

कोशी प्रदेशका मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण, कुन मन्त्रालयको जिम्मा कसलाई ?

कोशी प्रदेशका मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण, कुन मन्त्रालयको जिम्मा कसलाई ?



काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

laxmi

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुलाई कार्यविभाजनसहित प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL