Logo

पुरानै मूल्यमा चामल बेच्न व्यापारीलाई सरकारको निर्देशन, महँगो मूल्य तिर्नुपरे विभागमा खबर गर्न आग्रह

पुरानै मूल्यमा चामल बेच्न व्यापारीलाई सरकारको निर्देशन, महँगो मूल्य तिर्नुपरे विभागमा खबर गर्न आग्रह



काठमाडौं । सरकारले व्यापारीहरुलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चामलको मूलयमा कालोबजारी भएको सार्वजनिक भएपछि सो निर्देशन दिएको हो । भारतले अघिल्लो हप्ताको बिहीबार बासमतिबाहेकका चामलको निर्यातमा प्रतिवन्ध लगाउने घोषणा गरेको थियो ।

laxmi

भारतको घोषणालगत्तैै नेपाली व्यापारीहरुले चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्मले बढाएका छन् । यस्तो गुनासो आउन थालेपछि विभागले सबै चामल व्यापारीहरुलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो । विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार पछिल्लो समय अनावश्यक रुपमा चामलको मूल्य बढेको भन्ने गुनासो आएपछि व्यारीहरुलाई उक्त निर्देशन जारी गरिएको हो । भारतले चामलको निर्यातमा प्रतिवन्ध लगाएसँगै व्यवसायीहरुले चामलको मूल्य बढाएको र यस्तो कदम कालोबजारी ऐनविरुद्ध हुने भएकाले विभागले निर्देशन जारी गरेको भट्टराईले बताए ।

‘नेपालमा रहेको चामल बेचविखनका लागि बजार पठाउँदा साविककै मूल्यमा बेचविखन गर्न गराउन हुन अनुरोध गरिन्छ,’ निर्देशनमा भनिएको छ, ‘यदि प्रचलित कानुनबमोजिम मूल्यवृद्धि गरिएको पाईएमा कानुनबमोजिम नै कारबाही हुनेछ ।’ विभागका प्रवक्ता प्रवक्ता होमनाथ भट्टराई उद्योगी व्यवासायीले चामलको मूल्य बढाउनुपर्ने कारण नै नभएपनि बजारमा चामलको मूल्य बढेको खवर पाएपछि विभागले बजार अनुगमन नै चामल केन्द्रित गरेको बताउँछन् । ‘खास आगामी ३ महिनासम्म चामलको मूल्य बढाउनुपर्ने कारण नै नभएको उद्योगीहरु बताउँदै आउनुभएको छ,’ उनले भने, ‘तर पनि चामलको मूल्य बढेको गुनासो आएपछि हामीले अनुगमन नै चामल केन्द्रित गरेका छौं ।’

उनले काठमाडौं, भक्तपुर र ललितपुरका लागि भन्दै छुट्टाछुट्टै तीनओटा टोली खटाएर पसलस्तरमै अनुगमन गरिरहेको बताए । विभागले चामलको १ महिना अघिको मूल्य र हालको मूल्य तुलना गर्दै बढेको अवस्थामा कारबाही गर्नेगरी कार्य अघि बढाईरहेको छ । तर, चामलको मूल्य बढेको भेटिए सर्वसाधारणले पनि खबर गरेर विभागलाई सहयोग गरिदिनुपर्ने प्रवक्ता भट्टराई बताउँछन् । व्यवसायीले भारतले चामलमा प्रतिवन्ध लगाउने घोषणा गरेपछि प्रतिवन्ध लगाउन अगावै नेपाली बजारमा चामलको मूल्य बढाउँदा प्रतिकिलो १२ र प्रतिबोरा ३ सय रुपैयाँसम्म मूल्य बढेको छ । यसलाई विभागले गैरकानुनी भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL