Logo

पहिरो पन्छाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक, रोकिएका सवारीसाधन गन्तव्यतर्फ

पहिरो पन्छाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक, रोकिएका सवारीसाधन गन्तव्यतर्फ



काठमाडौं । पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो ।

laxmi

सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL