Logo

एभरेष्ट बैंकको नयाँ शाखा जनकपुरको मुरली चोकमा, १२७ औं शाखा उद्घाटन

एभरेष्ट बैंकको नयाँ शाखा जनकपुरको मुरली चोकमा, १२७ औं शाखा उद्घाटन



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो नयाँ शाखा जनकपुरको मुरली चोकमा उद्घाटन गरेको छ । शुक्रबार बैंकले जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा उद्घाटन गरेको हो ।

laxmi

उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा न.४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका हुँन । उक्त उद्घाटन समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा अध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरेका छन् ।

यसैगरी, पंजाब नेशनल बैंक भारत संगको साझेदारीले गर्दा स्थानिय बासिन्दालाई रेमिट्यान्स र अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरेका छन । यो संगै जनकपुरमा बैंकको शाखा संख्या २ पुगेको छ । मधेश प्रदेशमा बैंकको शाखा १४ पुगको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL