Logo

कृषिकर्जा ७ दिनभित्रै स्वीकृत गर्न राष्ट्र बैंकको ताकेता, सडक पहुँच नभएको जग्गालाई पनि धितो स्वीकार गर्नुपर्ने

कृषिकर्जा ७ दिनभित्रै स्वीकृत गर्न राष्ट्र बैंकको ताकेता, सडक पहुँच नभएको जग्गालाई पनि धितो स्वीकार गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कृषि कर्जा सात दिनभित्रै स्वीकृत गर्न ताकेता गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्दश्यले ७ दिन भित्र कर्जा प्रवाह गर्न ताकेता गरेको हो ।

laxmi

राष्ट्र बैंकले २० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो भएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पार्दै यस्तो ठाउँमा दिने ऋण ७ दिन भित्र पास गर्न भनेको छ ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस प्रकारको कर्जा दिन कुनै बैंकले आनाकानी गरेमा गुनासो टिपाउन पनि आग्रह गरेको छ ।

बैंकले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यको लागि २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंंक तथा वित्तीय संस्थाले धितो स्वीकार गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL