Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो



काठमाडौं । मंगलबार सूनको मूल्य बढेको छ । यस दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतिलोता २ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ थियो ।

laxmi

यसैगरी, सोमबार तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले नै बढेर १ लाख ११ हजार ६ सय ५० रुपैयाँ पुगेको छ । सोमबार यस्तो सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ थियो ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार १ हजार ४ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL