Logo

राष्ट्र बैंकले कोभिडमा दिएको सुविधा हट्यो, विदेशी मुद्रामा लिएको ऋण नेपालीमा भुक्तानी गर्न नपाइने

राष्ट्र बैंकले कोभिडमा दिएको सुविधा हट्यो, विदेशी मुद्रामा लिएको ऋण नेपालीमा भुक्तानी गर्न नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा भुक्तानी गर्न सकिने वयवस्थालाई हटाएको छ ।

laxmi

राष्ट्र बैंकले जारी गरेको मौद्रीक नीतिमा भनिएको छ, ‘कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने छ ।’ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७–०७८ मा विदेशी मुद्रामा ऋण लिएका ऋणीले स्वदेशी मुद्रामा नै सावाँ तथा ब्याज भुक्तानी गर्न सक्ने व्यवस्था गरेको थियो । कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले २०७७ मंसिरमा निकालेको परिपत्रमा भनिएको थियो, ‘परिवर्त्य विदेशी मुद्रामा लिएको ऋणको किस्ता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारणले सम्बन्धित फार्म–कम्पनी–उद्योगहरुको विदेशी मुद्र आम्दानी नभएर परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था नभएमा अर्को व्यवस्था नभएसम्मका लागि प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा किस्ता भुक्तानी गर्न सकिनेछ ।’

कोभिड–१९ को कारण विदेशी मुद्रा आम्दानी नभएपछि व्यवसायीले भुक्तानी गर्ने पैसा डलरमा भुक्तानी गर्न नसक्ने भन्दै राष्ट्र बैंकले नेपाली रुपैयाँमा नै भुक्तानी गर्ने व्यवस्था गरको थियो । तर अहिले अवस्था सहज हुँदै गएको भन्दै राष्ट्र बैंकले उक्त सुविधा हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL