Logo

महासंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता, बजारमा विश्वास बढाउन सबैले पहल गर्नुपर्छः अध्यक्ष ढकाल

महासंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता, बजारमा विश्वास बढाउन सबैले पहल गर्नुपर्छः अध्यक्ष ढकाल



काठमाठौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसन टोलीबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

laxmi

उक्त भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताएका छन् । बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसंग आग्रह गरेका छन् ।

यसमा अन्तरराष्टिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको ढकालको भनाई छ । बजारमा उद्यमी व्यवसायीहरु र उपभोक्ता दुवैको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण बिषय रहेकोमा अध्यक्ष ढकालले जोडदिए । सो अवसरमा कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासंघ आएको बताए । उनले बजारमा माग घटनुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका छन् । महासंघ अध्यक्ष ढकालले श्रीलंकाको अर्थतन्त्रजस्तो हुने आशंकामा बजारमा माग संकुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या बताए ।

महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको उनको बुझाई छ । महासंघ लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए । मिसन टोली प्रमुख टिन्डाले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको र यस बिषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL