Logo

एकै महिनामा १७ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा : सबैभन्दा धेरै नबिलले कमाउँदा पच्छ्याउँदै ग्लोबल, कसको कति ?

एकै महिनामा १७ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा : सबैभन्दा धेरै नबिलले कमाउँदा पच्छ्याउँदै ग्लोबल, कसको कति ?



काठमाडौं । गत आर्थिक वर्ष २०७९।०८० को जेठ महिनामा वाणिज्य बैंकहरुले नाफामा उल्लेखनीय बृद्धि गरेका छन् । यस महिनामा प्रायःसबै वाणिज्य बैंकको नाफामा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरुको नाफा करिव १७ प्रतिशतले बढेको छ ।

laxmi

राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । जसमध्ये जेठमा मात्रै १० अर्ब ५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । गत बैशाख मसान्तसम्ममा ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए । यस अवधिसम्म सबैभन्दा धेरै नाफा नबिल बैंक रहेको छ । बैंकले ११ महिना सम्ममा आईपुग्दा ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा एक महिनामै नाफा १६.२२ प्रतिशतले बढेको हो । गत बैशाख मसान्तसम्ममा बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसैगरी, धेरै नाफा कमाउने दोस्रो बैंक ग्लोबल आइएमई रहेको छ । यस बैंकले गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा ६ अर्ब ५० करोड ६३ लाख रुपैयाँ नाफा कमाएको हो । गत बैशाख मसान्तको तुलनामा ग्लोबलले २१.८१ प्रतिशतले नाफा वृद्धि गरेको हो । बैशाख मसान्तसम्ममा बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा धेरै भएको तेस्रो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यस बैंकले जेठ मसान्तसम्म ४ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत वैशाख महिनाकोभन्दा २२.२६ प्रतिशतले बढेको छ । वैशाखसम्म बैंकको नाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

एनआईसी एसिया बैंकको नाफा पनि ५.४२ प्रतिशतले बढेर ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत वैशाखमा बैंकको नाफा ४ अर्ब ३९ करोड रुपैयाँमात्र थियो । राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि गत महिनाकोभन्दा बढेको छ । गत महिना ४ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको यस बैंकले जेठ महिनामा ४ अर्ब ४७ करोड रुपैयाँ कमाएको छ । बैंकको नाफा गत महिनाको भन्दा १०.३१ प्रतिशत बढेको छ।

एनएमबी बैंकले जेठ मसान्तसम्म ३ अर्ब ३२ करोड रुपैयाँ कमाएको छ । यस बैंकको नाफा पनि गत महिनाको तुलनामा १२ प्रतिशतको हाराहारीमा बढेको छ । गत महिना बैंकको नाफा २ अर्ब ९६ करोड रुपैयाँ थियो ।

हिमालयन बैंकको नाफा पनि गत महिनाको तुलनामा बढेको छ । यस बैंकको नाफा गत महिनाको तुलनामा २४ प्रतिशतको हाराहारीमा बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत महिना यस बैंकको नाफा २ अर्ब ९६ करोड रुपैयाँ थियो । प्राइम कमर्सियल बैंकको नाफा पनि गत महिनाको तुलनामा बढेको छ । यस बैंकको नाफा गत महिनाको तुलनामा १४ प्रतिशतले बढेको छ । गत महिना २ अर्ब ७९ करोड रुपैयाँ रहेको बैंकको नाफा जेठ महिनासम्म आउँदा ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा पनि गत महिनाको तुलनामा ११ प्रतिशतले बढेको छ । जेठसम्म बैंकको नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । गत महिनामा बैंकको नाफा २ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । नेपाल बैंकको नाफा गत महिनाको तुलनामा २४ प्रतिशतले बढेको छ । गत महिना २ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकको नाफा जेठ महिनामा ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकको नाफा गत महिनाको तुलनामा ११ प्रतिशतले बढेको छ । जेठमा यस बैंकको नाफा ३ अर्ब ६ करोड रुपैयाँ छ । वैशाखमा बैंकको नाफा २ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।

तर प्रतिशतको आधारमा जेठ महिनामा कुमारी बैंकको नाफा एक महिनामा सबैभन्दा धेरै बढेको छ । यस बैंकको नाफा गत महिनाको तुलनामा ६२ प्रतिशतले बढेको छ । यस्तै प्रभु बैंकले गत आर्थिक वर्षको ११ महिनासम्म २ अर्ब ८९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यस बैंकको नाफा पनि गत महिनाको भन्दा २५ प्रतिशतले बढेको छ । गत वैशाखमा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यसैगरी सानिमा बैंकको नाफा पनि गत महिनाको तुलनामा १४ प्रतिशतले बढेको छ । यस बैंकले जेठसम्म २ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा वैशाखमा १ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

सिद्धार्थ बैंकले जेठसम्म २ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत महिनाको तुलनामा २३ प्रतिशत बढेको छ । गत महिनामा बैंकको नाफा १ अर्ब ७९ करोड रुपैयाँ थियो । नेपाल एसबिआई बैंकले २ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ४ प्रतिशतको हाराहारीमा बढेको छ । गत महिना बैंकको नाफा २ अर्ब थियो ।
लक्ष्मी बैंकले जेठसम्म १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत महिनाको भन्दा १५ प्रतिशत धेरै हो । गत महिना बैंकले १ अर्ब ४६ अर्ब रुपैयाँमात्र नाफा आर्जन गरेको थियो । माछापुच्छ्रे बैंकले जेठ महिनामा १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत महिनाको तुलनमा ७ प्रतिशतले बढेको छ । गत महिना बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरको थियो ।

सिटिजन बैंकले जेठ मसान्तसम्म १ अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत महिनाको भन्दा १७ प्रतिशत बढेको छ । गत महिना बैंकको नाफा १ अर्ब ४३ करोड रुपैयाँ थियो । सनराइज बैंकको नाफा पनि जेठसम्म १६ प्रतिशतको हाराहारीमा बढेको छ । गत महिना १ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा जेठमा १ अर्ब ५९ रुपैयाँ नाफा कमाएको छ । कृषि विकास बैंकको नाफा १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत महिनाको भन्दा २७ प्रतिशतले बढेको छ । गत महिना बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL