Logo

ककनी गाउँपालिकाको निर्णयमा सर्वाेच्चको रोक, फोहरको गाडीबाट शुल्क नउठाउन अन्तरिम आदेश

ककनी गाउँपालिकाको निर्णयमा सर्वाेच्चको रोक, फोहरको गाडीबाट शुल्क नउठाउन अन्तरिम आदेश



काठमाडौं । काठमाडौंको फोहोर बोक्ने गाडीबाट प्रतिगाडी १ हजार ५ सय रुपैयाँ लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्त सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यसअघि ककनी गाउँपालिकाले काठमाडौंबाट फोहर लिएर जाने प्रत्येक गाडीबाट १ हजार ५ सय रुपैयाँसम्म उठाउने निर्णय गरेको थियो ।

laxmi

सोही निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघले सर्वाेच्चमा रिट दायर गरेको थियो । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

यसअघि ककनी गाउँपालिकाले फोहोरमैला बोकेको गाडी प्रवेश गरेबापत सानो टिपरलाई १ हजार र ठूलो टिपरलाई एक हजार ५०० रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL