Logo

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने, कार्यविधि सार्वजनिक

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने, कार्यविधि सार्वजनिक



काठमाडौं । विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने बजेटको व्यवस्था कार्यान्वयनका लागि कार्यविधि जारी गरिएको छ। आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि जारी गरेको हो।

laxmi

आर्थिक ऐन, २०८० को दफा २२ मा विदेश भ्रमणमा जाने नेपालीले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख छ। विभागले जारी गरेको कार्यविधि अनुसार भ्रमणमा जाने नेपालीले ५ प्रतिशत शुल्क वैदेशिक भ्रमणको प्याकेज बिक्रेतालाई बुझाउनुपर्नेछ।

‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ’, कार्यविधिमा भनिएको छ। त्यो शुल्क प्याकेज बिक्रेताले करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन् । यसका लागि अर्को महिनाको २५ गतेसम्मको समय तोकिएको छ।

तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक २।५ प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ। रासस

प्रतिक्रिया दिनुहोस्
MBL