Logo

सोमबारदेखि हवाई टिकटमा भ्याट लाग्ने, हवाई भाडा ६ प्रतिशतसम्मले बढ्ने

सोमबारदेखि हवाई टिकटमा भ्याट लाग्ने, हवाई भाडा ६ प्रतिशतसम्मले बढ्ने



काठमाडौं । सरकारले बजेटमार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेपछि यो व्यवस्था भोली सोमबारदेखि कार्यान्वयन हुने भएको छ । नेपाल वायुसेवा संचालक संघले भोलीदेखि हवाई टिकटमा भ्याट लाग्ने जानकारी दिएको छ ।

laxmi

यसरी भ्याट लाग्दा अब प्रतिटिकटको शुल्कसमेत केहि बढ्ने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्ताैला बताउँछन् । उनका अनुसार यसरी टिकटमा भ्याट जोडिएपछि अब टिकट शुल्क पनि ६ प्रतिशतको हाराहारीमा बढ्नेछ ।

आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत सरकारले हवाई यातायात सेवालाई पनि अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर(भ्याट)मा समावेश गर्ने उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL