Logo

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर झापामा महिलाको घटनास्थलमै मृत्यु

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर झापामा महिलाको घटनास्थलमै मृत्यु



काठमाडौं । झापामा चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय शिला बुढाथोकी रहेकी छन् ।

laxmi

खेतमा काम गरेर घर फर्किए लगत्तै चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL