Logo

नेपालमै मल कारखाना खोल्न प्रक्रिया अघि बढ्यो, सम्भाव्यता अध्ययन गर्न जर्मनीको कम्पनीसँग सम्झौता

नेपालमै मल कारखाना खोल्न प्रक्रिया अघि बढ्यो, सम्भाव्यता अध्ययन गर्न जर्मनीको कम्पनीसँग सम्झौता



काठमाडौं । सरकारले नेपालमै रसायनिक मल कारखाना खोल्ने प्रक्रिया अघि बढाएको छ । मल कारखाना खोल्नका लागि लगानी बोर्डले एक जर्मनीको कम्पनीसँग सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको हो ।

laxmi

बिहीबार एक कार्यक्रमबीच लगानी बोर्डका अध्यक्ष शुसिल भट्ट र जर्मनीको डीआइएजी इन्डस्ट्रीज जीएमबीएचका प्रवन्ध निर्देशक बेन्जामीन बेकरबीच सम्झौता भएको हो ।

पछिल्लो समय नेपालका कृषकहरुले समयमै मल नपाएको गुनासो बढ्दै गएको छ । नेपाल कृषि प्रधान देश र कुल ग्राहस्थ्य उत्पादनका कृषि क्षेत्रको योगदना ठूलो भएपनि नेपालले विदेशबाट रसायनिक मल आयात गर्दै आएको छ । तर, मल आपुर्तिकर्ताले समयमै मल नपुर्याईदिँदा कृषकहरुले आवश्यक परेको बेला मल नपाउँदा कृषि उत्पादनमा समेत समस्या पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL