Logo

विद्यालयको माटो पनि छाडेनन् भ्रष्टाचारीले, अख्तियारद्धारा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको माटो पनि छाडेनन् भ्रष्टाचारीले, अख्तियारद्धारा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

laxmi

मुद्दा दायर हुनेमा कञ्चनपुर लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना छन् । माटो किन्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरुले बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र आर्थिक वर्ष २०७६र०७७ र २०७७ र०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची–६ र सुदुरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोके बमोजिमको करबापतको ७ लाख २९ हजार ५१४ रुपैयाँ ५० पैसा सरकारी रकम हिनामिनारहानीनोक्सानी गरेको अख्तयारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL