Logo

अनौपचारिक क्षेत्र र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने, बुधबारदेखि सुरु

अनौपचारिक क्षेत्र र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने, बुधबारदेखि सुरु



काठमाडौं । अब अनौपचारिक क्षेत्रका श्रमिकहरु र स्वरोजगार व्यक्तिहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने भएका छन् ।

laxmi

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु पनि जोडिन पाउने उक्त कोषमा अब अनौपचारिक क्षेत्रका श्रमिकहरु पनि जोडिन पाउने भएका हुन् ।

यस सम्बन्धी सेवाको सुरुवात भोली (बुधबार)देखि हुने भएको कोषले जानकारी दिएको छ । काेषका अनुसार बुधबार उक्त कार्यकाे सुरूवात प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । कोषले आफ्नो कोषमा ६ लाख ३६ हजार योगदानकर्ता, १८ हजार रोजगारदाता दर्ता भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL