Logo

मनाङ एयरको सम्पर्कविबहीन हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटनाग्रस्त

मनाङ एयरको सम्पर्कविबहीन हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटनाग्रस्त



काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ ।

laxmi

‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, उनले बताए । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी यात्रु रहेका छन् । हेलिकोप्टर लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौं टावरलाई ह्याण्डओभर गर्नासाथ सम्पर्क विच्छेद भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL