Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : आरजुलाई पैसा दिएको भनिएको अडियो सक्कली रहेको पुष्टि

नक्कली भुटानी शरणार्थी प्रकरण : आरजुलाई पैसा दिएको भनिएको अडियो सक्कली रहेको पुष्टि



काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्देश शर्माको अडियो रेकर्ड उनकै भएको पाईएको छ । नेपाल प्रहरीले अडियो आइडेन्टिफिकेसन ट्रेट्स म्याच गरेर हेर्दा कांग्रेस नेतृ आरजु देउवा राणाले पैसा लिएको अडियो शर्माकै भएको पुष्टि भएको हो ।

laxmi

उनले उक्त अडियोमा आरजु राणाले भुटानी शरणार्थी बनाउने नाममा केहि रकम लिएको बताउका छन् ।
यसअघि यो अडियो नै फेक भएको भन्दै आरजु राणले साइबर ब्युरोमा छानविनकका लागि उजुरीसमेत दिएकी थिईन ।

अडियोमा आवाज रहेका शर्मा हाल नक्कली शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । प्रहरीसँगको बयानका क्रममा पनि शर्माले उक्त अडियो आफ्नो भएको स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL