Logo

कोशीमा प्रधानमन्त्री ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्दै, आजै शपथ

कोशीमा प्रधानमन्त्री ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्दै, आजै शपथ



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज (आइतबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

laxmi

आज (आइतबार) नेकपा माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने भएका छन् । बिहान ९ बजेपछि उनको शपथ हुने जनाइएको छ । उनी आर्थिक मामिलामन्त्री बन्ने छन् । आचार्य यसअघि पर्यटनमन्त्री थिए । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ हुन् ।

शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए । कोशी सरकार गठनमा सभामुखले पनि हस्ताक्षर गरेपछि विपक्षी दलहरूले सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको सुनुवाइ आज हुँदैछ । रिटमा सरकार गठन गर्दा संविधान मिचिएको भन्दै एमालेले सरकार गठन रद्द गरी आफ्नो नेतृत्वमा सरकार बनाउन परमादेश दिन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL