Logo

असार मसान्तभित्र विद्यार्थीको विवरण पठाउन महानगरको निर्देशन

असार मसान्तभित्र विद्यार्थीको विवरण पठाउन महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका कलेजलाई चालु आर्थिक बर्षका लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सूची असार मसान्तसम्म महानगरमा बुझाउन निर्देशन दिएको छ ।

laxmi

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । काठमाडौं महानगरपालिकाले प्रत्येक कलेजले विद्यार्थी भर्नाका आधारमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिन निर्देशन दिएको छ । सोही अनुसार विद्यार्थी आफै छनोट महानगरपालिका आफैले गर्ने बताएको छ । सोही छनोट कार्यका लागि उक्त सूची माग गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

त्यसका लागि महानगरपालिकाले आफ्नो साइटमा एक फर्म स्थापना गरेको छ । सम्बन्धित विद्यालयहरुले उक्त फर्ममा विद्यार्थीको सम्पुर्ण विवरण भरेर पठाउने सक्नेछन् ।

यस्तै काठमाडौं महानगरपालिकाले काठमाडौंका विद्यालयले कक्षा ११ मा भर्नाको कार्यक्रम एसईईको नतिजा प्रकाशित भईसकेपछि कम्तिमा १५ दिन संचालन गर्नुपर्ने निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL