Logo

Global_Ime

शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक शर्मा पक्राउ, बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप

शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक शर्मा पक्राउ, बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप



काठमाडौं । शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

Laxmi_sunrise

बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेका शर्मा मुम्बईमा लुकेर बसेका थिए। सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको स्रोतले बताएको छ ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ। उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL