Logo

नेपाली व्यवसायीदेखि राजनीतिक नेताहरुसम्मको लगानी रहेको दुबईको घरजग्गा बजारमा ठूलो गिरावट

नेपाली व्यवसायीदेखि राजनीतिक नेताहरुसम्मको लगानी रहेको दुबईको घरजग्गा बजारमा ठूलो गिरावट



काठमाडौ । दुबईको मानव निर्मित टापु पाम जुमेराहमा बलिरहेको लेजर बीमले नयाँ प्रमुख निर्माण परियोजनाको सुरुवातको संकेत गर्दछ । ७१ तला र ७६ पेन्टहाउस भएको कोमो रेसिडेन्सेस द्वीपसमूहको सबैभन्दा अग्लो भवन हुनेछ । यहाँको सस्तो घरको मूल्य ५.७ मिलियन डलर (लगभग ७५ करोड रुपैयाँ) छ ।

laxmi

एमिराटी टाइकुन खलाफ अहमद अल हब्तूरले सहरको मुख्य राजमार्गको छेउमा एउटा आवासीय परिसरमा काम सुरु गर्दैछन । यसमा एकैपटक १ हजार ७ सयभन्दा बढी घर बनाइनेछ । यस्तो प्रवृति अहिले इमिरेट्सभर देख्न सकिन्छ ।

घरजग्गा बजारमा गिरावट

बूम र बस्टहरूका लागि परिचित, दुबईको रियल स्टेट बजारले सन २००८ मा नाटकीय गिरावट ल्यायो । त्यसबेला केही ठूला विकासकर्ताहरू ऋणका कारण टाट पल्टिने संघारमा थिए । यस्तै सन २०१४ मा स्थिति द्रुत रूपमा परिवर्तन भयो ।

तेलको मूल्यमा आएको गिरावटका कारण घरजग्गा बजारमा ७ वर्षमा ठूलो गिरावट आएको थियो । तर, यसपटक विकासकर्ताहरूले पनि आफ्नो प्रोजेक्टका लागि रिस्क म्यानेजमेन्टमा ध्यान दिइरहेका छन् । यसक्रममा, उनीहरूले निर्माण सुरु हुनु अघि नै अधिकांश लगानी कभर गर्न खरीददारहरूबाट अग्रिम भुक्तानीको माग गरिरहेका छन् ।

रियल स्टेट विकासका लागि काम गरिरहेका धेरै कम्पनीहरु अहिले घरजग्गा बजारमा आएको गिरावटका कारण चिन्तित बन्दै गएका छन् । कतिपयले यसलाई विश्वव्यापी मन्दीका रुपमा व्याख्या गरिरहेका छन् । त्यसैले अहिले विना विक्री ग्यारेन्टी निर्माण गर्ने तयारी गरिएका धेरै प्रोजेक्टले खरीददारहरुको खोजी र लगानीको सुनिश्चितता खोजिरहेका छन् ।

क्षमताभन्दा बढी परियोजनाको दबाब

‘विश्वका धनीहरूबाट आउने नगदले इमिरेट्सको रियल इस्टेट बजारलाई सहयोग गरिरहेको छ,’ सम्पत्ति फर्म कोरका अनुसन्धान प्रमुख प्रत्युषा गुर्रापु भन्छिन् । तर विकासकर्ताहरूले क्षमताभन्दा बढी आयोजनाहरू लिइरहेकाले यसले खरिदकर्तालाई जोखिम बढाएको छ ।

अति धनी व्यक्तिहरूले जुमेराह बे आइल्याण्डमा सम्पत्ति किनिरहेका छन्, यो एक कृत्रिम टापु हो । दुबईको जुमेराह बे आइल्याण्डमा २४,५०० स्क्वायर फिटको एउटा प्लट रेकर्ड १२ करोड ५० लाख दिर्हाम वा करिब ४०० करोड रुपैयाँमा बिक्री भएको छ । ब्लुमबर्गका अनुसार यो प्लट किन्ने व्यक्ति दुबईको मूल निवासी होइनन् । उनी यस सम्पत्तिमा पारिवारिक बिदाका लागि घर बनाउन चाहन्छन् ।

विश्वभरका धनीहरुको आकर्षण

विश्वभरका धनीहरूमाझ दुबईमा सम्पत्ति किन्ने क्रेज छ । बेलायत र रुसपछि यहाँ सम्पत्ति खरिद गर्ने गैरआवासीयहरूको तेस्रो संख्यामा भारतीयहरू छन् । दुबईमा सम्पत्ति खरीद गर्न चाहनेहरुको क्रेज बढनुमा यसको कारण पनि एक विशेष नियम हो, जसअन्तर्गत यहाँ सम्पत्ति खरिद गर्ने व्यक्तिले १०वर्षसम्म भिसा बिना बस्न सक्छ । यसैत्रकारण पनि कोरोना अवधि पछि, २०२२ मा दुबईमा सम्पत्तिको माग द्रुत गतिमा बढेको थियो ।

भारभारतको सरकारी तथ्यांकका अनुसार अप्रिल २०१५ देखि मार्च २०२२ को बीचमा भारतीय नागरिकले मात्र दुबईमा १.८६ लाख करोड भारतीय रुपैयाँको घरजग्गा खरिद गरेका छन् । सन् २००४ पछि दुबईमा सम्पत्ति किन्न भारतीयहरूको चासो तीव्र गतिमा बढेको पनि रेकर्डमा आएको छ ।

दुबईको ठूला विकासकर्ता ड्यान्युब रियल इस्टेटका मालिक रिजवान सजनले भास्करलाई बताए अनुसार पछिल्लो एक वर्षमा रुस, युक्रेन र बेलायतका धनीहरू दुबईतिर फर्केका छन् । यसको एउटा कारण युद्ध हुन सक्छ, जबकि अर्को कारण बेलायतमा द्रुत गतिमा बढ्दो सम्पत्तिको मूल्य हो । दुबईमा सम्पत्तीको मूल्य युरोपको तुलनामा सुस्त दरमा बढेको छ ।

नेपालीको पनि आकर्षण

पछिल्लो समय दुबईको रियल स्टेट सेक्टरमा थुप्रै नेपालीहरुले पनि लगानी गरिरहेको चर्चा चलिरहेको छ । विशेष गरि नेपालका नाम चलेका धेरै व्यवसायी र राजनीतिक दलका नेताहरुले दुबईमा घरजग्गामा अवैध बाटोबाट ठूलो लगानी गरेको आलोचकहरुले बताउँदै आएका छन् ।

नेपालबाट दुबईमा लगानीका लागि खर्बौ रुपैयाँ क्यापिटल फ्लाइट भएको जानकारहरुको दाबी छ । अहिलेसम्म कति नेपाली र कस–कसले दुबईमा प्रोपर्टी खरीद गरेका छन् भन्ने आधिकारिक तथ्यांक नभएपनि एक सय जनाभन्दा बढी विभिन्न व्यापारी र नेपाली नेताहरुले दुबईमा प्रोपर्टी खरीदमा खर्बौ रुपैयाँ लगानी गरेको आशंका छ ।

मास्टर प्लान २०४०

दुबई भूमि विभागका महानिर्देशक सुल्तान भुट्टी बिन मेजोरेनले भने, ‘इमिरेट्सको रियल इस्टेट क्षेत्रको पूर्ण ध्यान भविष्यका लागि नयाँ सहरहरू विकासमा केन्द्रित छ । सन २०२६ सम्म हामी दुबईलाई विश्वको उत्कृष्ट आवासीय हबको रूपमा विकास गर्ने दिशामा काम गरिरहेका छौं ।’

इमिरेट्समा २०२२ मा कुल १,२२,६५८ सम्पत्ति सम्झौताहरू भएका थिए, जुन २०२१ को तुलनामा ४४.७% बढी हो । सन् २०३३ सम्ममा दुबईको अर्थतन्त्रको आकार दोब्बर बनाउने लक्ष्य राखिएको छ । दुबई प्रशासनका अनुसार घर जग्गा क्षेत्रका लागि २०४० को गुरुयोजना तयार गरिएको छ । यसअन्तर्गत आवासीय क्षेत्रको बृद्धि भविश्यमा तीब्र गतिमा भइरहने गरी योजनागत रुपमारियल स्टेट सेक्टरमा विकास भइरहेको छ । सबैभन्दा कम सम्पत्ति कर पनि यहाँ आकर्षण हुन सक्छ । तर, पछिल्लो समय देखिएको रियल स्टेट सेक्टरमा विश्का धनीहरुको कम आकर्षणले युनाइटेड अबर इमिरेटस (यूएई) मा चिन्ता भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL