Logo

Global_Ime

धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड रकम विनियोजन, ‘उज्यालो सहर मेरो महानगर’ कार्यक्रमका लागि ८० करोड

धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड रकम विनियोजन, ‘उज्यालो सहर मेरो महानगर’ कार्यक्रमका लागि ८० करोड



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रम निरन्तरता दिएको छ । आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनीता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ ।

Laxmi_sunrise
KBL

उनका अनुसार धुलोरहित काठमाडौं कार्यक्रमका लागि १०० करोड रकम विनियोजन गरिएको छ । महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार विनियोजन गरेको जानकारी दिएकी उपप्रमुख डंगोलले पूर्वाधार एम्बुलेन्स, सुन्दर महानगर योजना, उज्यालो सहर मेरो महानगर कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC