Logo

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो अझै २८ बेपत्ता, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो अझै २८ बेपत्ता, प्रधानमन्त्री प्रभावित क्षेत्रमा



काठमाडौं । कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । शनिबार रातिदेखिको वर्षापछि आएको बाढी(पहिरोमा संखुवासभा, ताप्लेजुङ र पाँचथरका आठजनाको मृत्यु भएको हो ।

laxmi

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अहिलेसम्म ताप्लेजुङमा ४, पाँचथर २, भोजपुर र संखुवासभामा एक(एक जनाको मृत्यु भएको छ । तीमध्ये पहिरोले पुरेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ ८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका ९ का २६ वर्षीय सन्तोष राई, पाँचथर फालेलुङ ४ की ९ वर्षीया जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, पाँचथरकै २५ वर्षीया एलिसा माझी छन‍् । यस्तै ताप्लेजुङ फिदिङ्वा ६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन् । हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

शनिबार रातिको बाढीपहिरोबाट कोशीका पहाडी जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायत संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङ्बरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड तुम्लिङ्टारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।

उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई दिर्देशन र अन्य स्वयम्सेवी संघसंस्थामा अपील पनि गरे ।

प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।

उनले भने, ‘म अस्ति मात्र मेलम्ची गएको थिय त्यहा जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’ प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL