Logo

Global_Ime

नतिजा नआउँदै भर्ना मेला चलाएको भन्दै काठमाडौं महानगरद्वारा हिसान शैक्षिक मेला बन्द

नतिजा नआउँदै भर्ना मेला चलाएको भन्दै काठमाडौं महानगरद्वारा हिसान शैक्षिक मेला बन्द



काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ । कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको थियो । जसको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

Laxmi_sunrise
KBL

तर, दिउँसो महानगरका प्रहरीले मेला बन्द गराएका हुन् । मेलाबारे स्थानीय तहलाई जानकारी नगराएको र माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो ।

केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC